पोखराको फोहोर लामेआहालमा लैजान रोक, मुख्य सडकमा फोहोर छ्यालब्याल

पाेखरा | साउन १४, २०८०

पोखराको फोहोर लामेआहालमा लैजान रोक, मुख्य सडकमा फोहोर छ्यालब्याल Photo Sudarshan Ranjeet

पोखरा:   पोखरामा चार दिन यता फोहोर उठ्न सकेको छैन् । पोखराको मुख्यसडक वरपर फोहोर थुप्रिएको छ । 


पोखरा महानगरपालिकाले पोखरा ३२ लामेआहालमा अस्थायी ल्याण्डफिल्ड साइड बनाउँदा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयहरुले ४ दिन यता फोहोर फाल्न रोक लगाएका छन् । 


स्थानीयहरुले अस्थायी ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न रोक लगाएपछि सडकमा थुप्रिएको फोहोर गएराति परेको अविरल वर्षाका कारण फोहोर मुख्यसडकमै छ्यालब्याल भएको छ । 


पोखरा महानगरपालिकाले ६ महिनाका लागि भन्दै विभिन्न सम्झौता गरेर अस्थायी ल्याण्डफिल्ड साइड बनाएपनि त्यो सम्झौता कार्यान्वयन नभएपछि फोहोर फाल्न रोक लगाएको स्थानीयले बताएका छन् । 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्